प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं, १३ चैत । प्रि ओपन सेसनमा नेप्से सूचक १.४४ अंकले बढेको छ ।

यससँगै सूचक २ हजार ३३ विन्दुमा आएको छ । २३ कम्पनीको २१ सय २२ कित्ता सेयर कारोबार हुँदा १९ लाख  रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २३ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । 

प्रतिक्रिया दिनुहोस्