दमकमा विश्व मुख स्वास्थ्य दिवसको अवसरमा सचेतनामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न

दमक – ‘स्वस्थ मुख, सुखी जीवन’ भन्ने नाराका साथ झापाको दमकमा शुक्रबार विश्व मुख स्वास्थ्य दिवसलाई लक्षित गरेर सचेतनामुलक प्रभातफेरीको आयोजना गरिएको थियो ।

दमकसहित माईपश्चिमका चोक बजारमा सञ्चालित डेन्टल क्लिनिक र दन्त स्वास्थ्य विशेषज्ञहरुले विश्व मुख स्वास्थ्य दिवसमा शुक्रबार बिहानै दमकमा सचेतनामुलक प्रभातफेरीको आयोाजना गरेका थिए ।

दमक–६ देबकोटा चोक नजिकै दमक थुलुङ डेन्टल क्लिनिकबाट दन्त स्वास्थ्य विशेषज्ञहरु, चर्स तथा प्राविधिकहरुले प्रभातफेरी निकालिएको थियो ।

दमक थुलुङ डेन्टल क्लिनिक–फर्निचर लाईन, जेसिज चोक, थाना लाईन, नेपाल बैंकहुँदै नमूना मार्गमा पुगेका थिए । त्यहाँबाट, शंखरध्जोज चोकहुँदैं भृकुटी चोक–बेलडाँगी रोडबाट दमक थुलुङ डेन्टल क्लिनिक पुगेर प्रभातफेरी विर्सजन गरिएको थियो ।

विश्व दन्त महासङ्घको आह्वानमा नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल दन्त चिकित्सक सङ्घ तथा विभिन्न स्वयंसेवी संस्थाहरूले दन्त स्वास्थ्यसम्बन्धी शिविर, जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिआएका छन् ।

त्यसवीचमा, प्रभातफेरी कार्यक्रमका संयोजकसमेत रहनुभएकी दमक थुलुङ डेन्टल क्लिनिकका सञ्चालक डाक्टर सोफिया थुलुङले मुख र दाँतको हेरचारमा विशेष ध्यान पुर्याउने उदेश्यले नेपालसहित विश्वभर यो दिवस मनाउँदै आइरहको बताउनुभयो ।

डाक्टर थुलुङले मानव जीवनमा मुख र दाँतलाई स्वास्थ्य बनाईराख्न संचेत नागरिकको प्रमुख जिम्मेवारी भएको बताउनुभयो । डाक्टर थुलुङले मुखको स्वास्थ्य राम्रो भएमा विभिन्न रोगहरूको जोखिम पनि कम हुने बताउनुभयो ।

यो दिवस सन् २०१३ देखि प्रत्येक वर्ष मनाइँदै आएको छ, जसको उद्देश्य विश्वभर मुख र दाँतको स्वास्थ्यबारे जनचेतना अभिवृद्धि गर्नु हो । प्रभातफेरीमा दमकसहित गौरादह, गौरिगञ्ज, कमल लगायतका दन्त स्वास्थ्य विशेषज्ञहरुको सहभागिता थियो । त्यस्तैं, दमकका पत्रकार, प्रहरी र सामाजिक व्याक्तिहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्