रोल्पा–१ मा वर्षमान पुन विजयी
काठमाडौँ – रोल्पा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले ह्याट्रिक गरेका छन् ।
पुनले २७ हजार ४६० मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदनकुमार वलीलाई १५ हजार ४५२ को फराकिलो मतान्तरले पराजित गरेका छन् । वलीले १२ हजार ००८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बलराम थापा १० हजार ८९४ मतका साथ तेस्रो स्थान हासिल गरे ।



