इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाको २९ औँ वार्षिक साधारणसभा सम्पन्न

कमल, १७ भदौं – झापाको कमल गाउँपालिकामा रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले २९ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

कमल–७, गेउरीयामा अवस्थित इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले आइतबार गेउरीया सामुदायिक भवनको सभाहलमा २९औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सहकारी संस्थाका अध्यक्ष कपिलप्रसाद आचार्यको अध्यक्षतामा र कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला तिवारी (न्यौपाने)को प्रमुख आतिथ्यतामा वार्षिक साधारणसभा भएको थियो । संस्थाका सञ्चालक समिति अध्यक्ष लगायतका अतिथिहरुले २९ वटा दिप प्रज्वलन गरेर बार्षिक साधारण सभाको उद्घाटन गरिएको थियो ।

संस्थाका अध्यक्ष द्धारा सञ्चालक समितिको तर्फबाट प्रस्तुत अध्यक्षको प्रतिवेदनमा आ.व. ०८१/०८२ को कार्य प्रगति विवरण र आ.व. ०८२/०८३ को बार्षिक कार्य योजना वाचन गर्नु भएको थियो ।

कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक हरि प्रसाद पौडेलले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत र संस्थाका ब्यवस्थापक खगेन्द्र प्रसाद भण्डारीले आर्थिक वर्ष ०८१/०८२ को रु. ४१,११,०१,११५।८१ रुपैया वासलात रहेको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका अध्यक्षद्धारा चालु आर्थिक वर्ष ०८२/०८३ को वार्षिक कार्यक्रम र अनुमानित आय ब्याय वितरण सहितको वजेटमा पोषण आहार सुविधा खर्च, दुग्ध उत्पादक किसानलाई दसैं बोनस सुविधा, इन्द्रेणी स्मार्ट बैंकिङ्ग लगायतका सेवा सुविधा थप गरिएको जानकारी सहित चालु आर्थिक वर्षमा १ करोड ६० लाखको अनुमानित नाफा गर्ने लक्ष्य राखिएको समेत जानकारी दिनु भयो । यस आ.ब.मा मासिक तथा क्रमिक बचत नगर्ने सदस्यहरुले संस्थाले प्रदान गर्ने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन बाध्यकारी नहुने जानकारी समेत यस प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साधारण सभामा सहभागी सदस्यहरु मध्ये ७ जना सदस्यलाई संस्थाको विधि अनुसार प्रोत्साहन पुरस्कारवाट पुरस्कृत गरिएको थियो ।

साधारणसभा कार्यक्रममा झापा जिल्ला सहकारी संघका सञ्चालक सदस्य नारायण प्रसाद गौतम, कमल गाउँपालिका वडा नं. ६ का अध्यक्ष नरेन्द्र भट्टराई, कमल गाउँपालिका पुर्व उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी, वडा सदस्यहरू लगायत विभिन्न संघ संस्थाका प्रतिनिधी साथै संस्थाका सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव रोशन कुमार अधिकारी र संस्थाका ब्यवस्थापक खगेन्द्र प्रसाद भण्डारीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष अक्कल बहादुर गुरुङले स्वागत मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्