दमकका अग्रज पत्रकार दाहाल सम्मानित

दमक । झापाको दमकमा रहेको जीवन चक्र समाज नेपालको बुधबार सम्पन्न सातौँ स्थापना दिवस तथा साधारणसभा अवसरमा दमकका अग्रज पत्रकार गञ्जबहादुर दाहाल सम्मानित भएका छन् । भोजपुरमा जन्मिएका पत्रकार दाहाल दमकमा चार दशकदेखि पत्रकारितामा क्रियाशिल छन् ।

पूर्वसन्देश दैनिकका प्रकाशक तथा सम्पादकसमेत रहेका दाहाललाई पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएवापत सम्मान प्रदान गरिएको हो ।

उद्घाटन समारोहमा कमलनगर जेसीजका उपाध्यक्ष कमल कटुवाल, दमक उद्योग बाणिज्य संघका तृतीया उपाध्यक्ष रुवल अधिकारी, दमक पब्लिक लाइबेरीका अध्यक्ष अनु आचार्य भण्डारी, साहित्यकार हेम अधिकारी, वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारी लगायतका प्राध्यापकहरु, सहकारीकर्मीहरु, व्यवसायीहरु, पत्रकारहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्