जीवनचक्र समाज नेपालको सातौँ स्थापना दिवस तथा साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः गौतम चयन

दमक, ५ भाद्र – झापाको दमकमा जनचेतनामुलक गतिविधिहरु गर्दै आइरहेको संस्था जीवनचक्र समाज नेपालको अध्यक्षमा पुनः गणेश गौतम चयन भएका छन् ।

बुधबार, दमकस्थित सूर्य दर्शन सहकारी संस्थाको भवनमा आयोजित जीवनचक्र समाज नेपालको सातौँ स्थापना दिवस तथा साधारणसभाले पुनः गौतमको अध्यक्षतामा समिति चयन गरेको हो । गौतम संस्थापक अध्यक्ष हुन् । उनको यो तेश्रो कार्यकाल हो ।

सर्वसम्मत निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा बेनुराज प्रसाई, उपाध्यक्षमा लक्की सिटौला (बिन्दु), सचिवमा गणेश प्रधान र कोषाध्यक्षमा विदुर भण्डारी चयन भए भने प्रवक्तामा सिद्धार्थ दाहाल चुनिए । दाहाल रेडक्रसकर्मी हुन् ।

यसैगरि, सदस्यहरूमा डा. लेखनाथ न्यौपाने, वासुदेव काफ्ले, सुरेन्द्र श्रेष्ठ र सन्जु निरौला सर्वसम्मत चयन भएको गठित निर्वाचन समितका संयोजक दिपु चापागाईले बताए ।

सोहि अवसरमा निर्वाचित समितिलाई पद तथा गोपनियतासहित सपथग्रहण गराइएको थियो ।

उद्घाटन समारोहमा दमक उद्योग बाणिज्य संघका तृतीया उपाध्यक्ष रुवल अधिकारी, कमलनगर जेसीजका उपाध्यक्ष कमल कटुवाल, दमक पब्लिक लाइबेरीका अध्यक्ष अनु आचार्य भण्डारी, साहित्यकार हेम अधिकारी लगायतका प्राध्यापकहरु, सहकारीकर्मीहरु, व्यवसायीहरु, पत्रकारहरुको उपस्थिति थियो ।

संस्थाको नयाँ नेतृत्व चयन गर्न चापागाईको संयोजकत्वमा गोपाल गुरागाई, तीलचन्द्र अधिकारी रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो भने सचिव गणेश प्रधानले कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो ।

त्यस्तैं, स्थापना दिवस तथा साधारणसभाको उद्घाटन समारोहीबच अध्यक्ष गौतमले अध्यक्षको प्रतिवेदन तथा कोषाध्यक्ष विदुर भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्