दमक-८ र १० मा आशाको दियोद्धारा किटनाशक झुल वितरण

दमक : सामाजिक सेवामा काम गर्ने उदेश्यका साथ दमकमा हालै मात्र स्थापना भएको संस्था ‘आशाको दियो’ले विपन्न, एकल महिला र अशक्त परिवारका लागि किटनाशक झुल बितरण गरेको छ ।

सो संस्थाले शनिबार दमक-८ र १० मा अलग–अलग कार्यक्रमको आयोजना गरेर करीब ८० परिवारलाई किटनाशक झुल वितरण गरेको हो । संस्थाले वडा आगामी दिनमा दमक-४, १ र २ मा पनि झुल वितरण गर्ने जनाएको छ ।

समाज कल्याण परिसद, दमक नगरपालिका र आड्रा नामक दाता संस्थाको सहयोगमा झुल बितरण गरिरहेको हो ।

दमक-८ को आइतबारेस्थित जनता आधाभुत बिद्याालय परिसरमा आयोजित कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंको प्रमुख आतिथ्यमा करिब ४० परिवारलाई झुल वितरण गरिएको आयोजक संस्थाका कार्यसमिति सदस्य समेत रहेका वडा नं ८ का स्थानीय अगुवा युवा चन्द्र खत्रीले जानकारी दिए ।

सो अवसरमा स्थानीय सामाजिक व्यक्तित्व एवं राप्रपाका दमक नगर अध्यक्ष हेम सुवेदीले यस खाले सामाजिक सहयोगका कार्यक्रमहरु ल्याइनु सकारात्मक भएको प्रतिक्रिया दिए । उनले संस्थाहरुले गर्ने कामलाई हेरिने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश कोषाध्यक्ष बिमल लामिछाने, महिला नेतृ मिना कोइराला, नेपाल महिला संघकी क्षेत्रीय अध्यक्ष गोमा बुढाथोकी प्रसाईं, बिद्यालयका प्रधानाध्यापक केदार सुवेदी लगायतले झुल हस्तान्तरण गरेका थिए ।

संस्थाका अध्यक्ष प्रकाश प्रसाइँले राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर समाजमा योगदान दिनु अपरिहार्य भएको बताए ।
त्यसैगरी दमक १० स्थित राधाकृष्ण मन्दिर परिसरमा सामाजिक ब्यक्तित्व शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उपप्रमुख भट्टराई, वडाध्यक्ष्य राजेन्द्र भण्डारी, देबी दाहाल लगायतले सो संस्थाले सेवाको भावना राखेर ल्याएको परोपकारी कामको प्रशंसा गरे ।

उनीहरुले समाजमा निस्वार्थ र विभेदरहित ढंगबाट सेवामुलक काम गर्ने मानिसहरुको आवश्यकता बढेको र समाजलाई सकारात्मक बाटोमा डोहोरयाउने चुनौती थपिँदै गएको भनि चिन्ता समेत व्यक्त गरे । आशाको दियोकी उपाध्यक्ष प्रेमा कार्कीको स्वागत मन्तव्य राखेको सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रसाइँले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्