कमलनगर जेसीजद्वारा बालबालिकाको क्षमता अभिवृद्धि सम्बन्धि कार्यक्रम सम्पन्न
कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजको दुई दिने बालबालिकाको क्षमता अभिवृद्धि सम्बन्धि सम्पन्न गरेको छ ।
कमलनगर जेसीजको आयोजना तथा कमल गाउँपालिका वडा नं. १ को आर्थिक सहयोगमा आइतबार र सोमबार दुई दिन बालबालिकाको क्षमता अभिवृद्धि सम्बन्धि कार्यक्रम गरेको हो ।
आइतबार कमल गाउँपालिका वडा नं. १ स्थित श्री नरेन्द्र जनता माध्यमिक विद्यालयमा र सोमबार कमल १ को कमलपोखरी सामुदायिक भवनमा श्री बाँसबारी माध्यमिक विद्यालय र श्री विद्यासदन अंग्रजी माध्यमिक विद्यालयका विद्यार्थीहरुको लाई बालबालिकाको क्षमता अभिवृद्धि सम्बन्धि तालिम दिइएको कमलनगर जेसीजकी उपाध्यक्ष भूमिका चापागाईले बताउनु भयो ।
कमलनगर जेसीज वर्ष २०२४ का अध्यक्ष देवीप्रसाद दाहालको अध्यक्षतामा र प्रमुख अतिथिमा कमल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष केदार कटुवाल रहनु भएको थियो। त्यस्तैँ विशिष्ट अतिथिमा श्री बासँबारी माविका प्रधानाध्यापक केशव श्रेष्ठ र विशेष अतिथिमा विद्यासदन अंगे्रजी माविका कोडिनियटर धन बहादुर मगर रहनु भएको थियो ।
उक्त कार्यक्रम कक्षा ८,९ र १० मा अध्ययनरत करिब १०० जना विद्यार्थीहरुका लागि तालिमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपाल जेसीजका प्रशिक्षक तथा कमलनगर जेसीज वर्ष २०२२ का अध्यक्ष नारायण बस्नेतले प्रशिक्षण गर्नु भएको थियो भने सहप्रशिक्षकका रूपमा सञ्चारकर्मी कमल कटुवाल रहनु भएको थियो ।
कार्यक्रममा शुभकामना राख्दै कमलनगर जेसीजका पूर्वअध्यक्ष हेम दहालले विद्यार्थी जीवनमा चाहिने खालका अन्य विभिन्न तालिमहरु कमलनगर जेसीजले आगामी दिनहरुमा पनि गर्ने बताउनु भएको छ ।
उक्त कार्यक्रमको संयोजक कमलनगर जेसीज वर्ष २०२४ की जनसम्पर्क अधिकारी जेसी मनिषा कठयात र कमलनगर जेसीज वर्ष २०२४ की उपाध्यक्ष भूमिका चापागाई रहनु भएको थियो। उक्त कार्यक्रमको सञ्चालन कमलनगर जेसीज वर्ष २०२४ का महासचिव रोशन अधिकारी गर्नुभएको थियो ।