कमलनगर जेसीजद्वारा बालबालिकाको क्षमता अभिवृद्धि सम्बन्धि कार्यक्रम सुरू
कमल । कमलनगर जेसीजको आयोजना तथा कमल गाउँपालिका वडा नं. १ को आर्थिक सहयोगमा आज आइतबार बालबालिकाको क्षमता अभिवृद्धि सम्बन्धि सुरू भएको छ ।
कमल गाउँपालिका वडा नं. १ स्थित श्री नरेन्द्र जनता माध्यमिक विद्यालयमा बालबालिकाको क्षमता अभिवृद्धि सम्बन्धि सुरू भएको हो । कार्यक्रम २ दिनसम्म सञ्चालन हुने छ ।
कमलनगर जेसीज वर्ष २०२४ का अध्यक्ष देवीप्रसाद दाहालको अध्यक्षतामा र प्रमुख अतिथिमा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला तिवारी (न्यौपाने) रहनु भएको थियो।
उक्त कार्यक्रम कक्षा ८,९ र १० मा अध्ययनरत करिब १०० जना विद्यार्थीहरुका लागि तालिमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपाल जेसीजका प्रशिक्षक तथा कमलनगर जेसीज वर्ष २०२२ का अध्यक्ष नारायण बस्नेतले प्रशिक्षण गर्नु भएको थियो भने सह-प्रशिक्षणका रूपमा सञ्चारकर्मी कमल कटुवाल रहनु भएको थियो ।
कार्यक्रममा शुभकामना राख्दै कमलनगर जेसीजका पूर्व अध्यक्ष तथा कमल गाउँपालिका वडा नं. १ का अध्यक्ष केदार कटुवालले विद्यार्थीको जीवनमा चाहिने यस्ता खालका तालिम कमलनगर जेसीजले गर्ने बताउनु भएको थियो ।
उक्त कार्यक्रमको संयोजक कमलनगर जेसीज वर्ष २०२४ की जनसम्पर्क अधिकारी जेसी मनिषा कठयात रहनु भएको थियो। उक्त कार्यक्रम भोलि सोमबार कमल गाउँपालिका वडा नं. १ स्थित बासँबारीमा रहेको श्री बासँबारी माध्यमिक विद्यालयमा सम्पन्न हुने कमलनगर जेसीजका कार्यकारिणी उपाध्यक्ष हरी अधिकारीले बताउनु भयो ।