माईखोलामा डुबेर दुई बालकको मृत्यु, तीन जनाको उद्धार
इलाम – इलामको माईखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको छ ।
माईखोलामा पौडी खेल्ने क्रममा डुबेर माई नगरपालिका–८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र ८ वर्षीय किस्मन आङदम्बेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए ।
लिम्बूको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख ढकालका अनुसार घटनास्थलबाट अन्य तीन जनाको उद्धार गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।