गौरादह जेसीजद्धारा नाटक “सुरुङ” आज मञ्चन गर्दै
दमक, ९ जेष्ठ । झापाको गौरादह नगरपालिकामा रहेको गौरादह जेसीजले आज बुधबार नाटक सुरुङ मञ्चन गर्ने भएको छ ।
गौरादह जेसीजको आयोजना तथा गौरादह नगरपालिका, १ नं. वडा कार्यालय गौरादह नगरपालिका, नमुना पाहुना घर गौरादह-५ मैदानघोपा र गौरादह साना किसान महिला कृषि सहकारी संस्था गौरादहको सहयोगमा उक्त नाटक सुरुङ मञ्चन हुन आटेको हो ।
सुरुङ नाटकको अन्तिम तयारी पूरा भए सँगै आज बुधबार साँझ ७:०० बजे गौरादह-२ मा रहेको सुरज शिक्षा प्रतिष्ठानमा पहिलो पटक प्रदर्शन गरिने गौरादह जेसीज बर्ष २०२४ का अध्यक्ष खड्ग बहादुर थापाले जानकारी दिनु भएको छ ।
लागु औषध दुर्व्यसनीको क्षेत्रमा बिशेष गरि युवाहरुको सहभागीता बढी मात्रामा देखिएकाले यसलाई न्युनिकरण गर्न नाटकको माध्यमबाट सचेतना गर्ने प्रयास गरिएको अध्यक्ष थापाले जानकारी दिनुभएको छ ।
लागू औषध दुर्व्यसन न्युनीकरण गर्ने उदेश्यले मञ्चन गर्न लागिएको “सुरुङ” नाटकमा गौरादह नगरपालिका भित्रका २० जना कलाकार सहभागी रहेको गौरादह जेसीजकी कार्यकारिणी उपाध्यक्ष एकता पोख्रेलले जानकारी दिनुभएको छ ।
उक्त नाटकका परिकल्पना गौरादह जेसीज, लेखक सौरभ भट्टराई, कला निर्देशक प्रज्वल काफ्ले, कथा/दृश्य संयोजक दीपक सुवेदी, कार्यक्रम संयोजक अभिषेक गड्तौला, सह-निर्देशक सुरज माझी र निर्देशक भरत बर्बरिक रहनु भएको गौरादह जेसीजकी कार्यकारिणी उपाध्यक्ष पोख्रेलले जानकारी दिनुभएको छ ।