मौसम राईले चपेटीमा भन्ज्याङ एग्रो टुरिज्म रिसोर्ट संचालनमा ल्याए
करिब दुई दशकभन्दा बढी कलाकारिता र सेलुन ब्याबसायामा अग्रसर मौसम राईले इलाम चुलाचुली चपेटीमा भन्ज्याङ एग्रो टुरिज्म रिसोर्ट संचालनमा ल्याएका छन | बैशाख २१ गते नायक दयाहाङ राई र चुलाचुली गाउँपालिका अध्यक्षमा केरुङले सयुक्त रिबन काटेर रिसोर्टको उद्घाटन गरेका थिए | समय कलाकारिता संगै निल डेबिटको ३ शाखा दमकमा दुई र खुदुनाबारीमा एक शाखाको सफलता पश्चात आफ्नै लगानी र मेहनतमा टुरिजम क्षेत्रमा केही गरौँ भन्ने आत्मविश्वासका साथ भन्ज्याङ एग्रो टुरिज्म रिसोर्ट लगानी गरेको कलाकार एबम रिसोर्टका लगानीकर्ता मौसम राईले बताए ।
रिसोर्टका संचालक मौसम राईले शहरको कोलाहलबाट मुक्त भई शान्त र मनोरम परिवेशमा रम्न चाहनेहरुका लागि इलाम चपेटी दुदे पुल नजिक यो रिसोर्ट सञ्चालनमा बैशाख २१ गते देखि ल्याएका हुन ।राइका अनुसार रिसोर्टमा केही समयपछि नै यहीँ फलेका अग्र्यानिक तरकारीदेखि लिएर यहि पालिएका लोकल कुखुरा बंगुर लगायतका मासुका परिकार डुंगामा पोलेर खान पाइने रिसोर्टको अहिलेको पहिचान भनेको डुंगामा मासु पोलेर खाने पाइने हो । पारिवारीक वातावरणका साथ सेवा प्रदान गरिने भनिएको रिसोर्टमा हाललाई आरामदायी शयन कक्षका साथमा रेष्टुराँ, गार्डेन रेष्टुराँ र बारको ब्यबस्था छ ।चाडै सेमिनार र सभा हल पनि बनाउने संचालक राईले बताए |
दमक चौकबाट करीब १० किलोमिटर दुरीमा बेलडाँगी हुँदै जादाँ भुटानी शरणार्थी शिविर, किरात महागुरु तथा राष्ट्रबिभूती फाल्गुनन्दको शालिकसहितको धार्मिक माङहीम र त्यस क्षेत्रमा रहेका परम्परागत शैलीका काठका घरहरुले त्यहाँ जाने पर्यटकको ध्यान खिच्ने सिसोर्टमा भेटिएका चलचित्र मेकअप आटीस तथा कलाकार सोम मंग्रातीले बताए । प्राकृतिक सौन्दर्यता, झोलुङगे पुल र शान्त वातारवरणका कारण त्यहाँ आन्तरिक पर्यटकहरु थपिन थालेपछि पर्यटन बिकास एबम पर्यटकहरुको अग्र्यानिक खानाको चाहानालाई ध्यानमा राखेर रिसोर्ट संचालन गरिएको राईले बताएका छन |
इलाम चपेटी पर्यटकिय हब बनाउने सोचले रिसोर्ट सञ्चालनमा ल्याइएको बताउदै राईले पर्यटकहरूलाई आरामदायक अनुभव प्रदान गर्नका लागि एकान्त शान्त र निजि विश्रामको माहोलमा कला, साहित्य, र संगीतको आनन्द लिन पाइने रिसोट सुरुभएको बैशाख २१ गते मनसारा फिलिम युनिटको भेटघाट कार्यक्रम मनसारामा कलाकार संचालक मौसम राईको पनि अभिनय रहेको छ | बैशाख २२ गते सुन्दर कुरुपको एकल गजल साझ , बैशाख २३ गते सिदान्त खडका एकल गायन साझ हुने संचालक राईले बताए |