यूएईमा मे ५मा हुने साँस्कृतिक कार्यक्रमको तयारि अन्तिम चरणमा
बैशाख १९ , युएई – नववर्ष २०८१ को शुभ अवसरमा कालीगण्डकी सहयोग समाज स्याङ्जा यूएईको आयोजनामा हुन गैरहेको साँस्कृतिक कार्यक्रमको तयारि अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन |
क्रीक भ्यू होटल बरदुबई युएईमा मे ५ तारिक हुने सांगीतिक कार्यक्रमको लागि नेपालका ख्याती प्राप्त राष्ट्रिय कलाकारहरू खुमन अधिकारी , एलिना चौहान , उमादेबि खनाल ,छबि किरण भटराई युएईमा स्थापित कलाकारहरु नारायण न्यौपाने ,नरेन सापकोटा ,अर्जुन न्यौपाने लगायतको बेजोड प्रस्तुतीमा “साँस्कृतिक कार्यक्रम” आयोजना गरिएको कार्यक्रमको तयारि अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष नारायण प्रसाद न्यौपानेले जानकारी गराएका छन |
प्रबासमा रहेका नेपाली समुदायलाई आफ्नो भूमिका, सांस्कृतिक विरासत, र भावनात्मक सम्बन्धहरूको संरक्षण र बिकासमा मद्दत गर्ने उदेश्यले सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको अध्यक्ष न्यौपानेले बताए ।
कालीगण्डकी सहयोग समाज स्याङ्जा युएईले बिगत लामोसमय देखि नेपाली सांस्कृतिक धरोहर र संस्कृति प्रसारका लागि विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आईरहेको छ । यसै गरी, समाज स्थानीय कलाकारहरूको समर्थन गरी उनीहरूलाई अन्तर्राष्ट्रिय मंचमा प्रस्तुति गर्ने अवसर पनि प्रदान गर्दछ ।
स्थानीय विकास, समाज शिक्षा, रोजगार निर्माण, नारी उत्थान, बाल शिक्षा र स्वास्थ्य, पर्यटन विकास सामाजिक, आर्थिक, र सांस्कृतिक क्षेत्रमा कालीगण्डकी सहयोग समाज स्याङ्जा युएईको योगदानले प्रवास तथा स्थानीय समुदायको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ।