छैटौँ स्व. मेजर टङ्क राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिता २०८१ हुँदै
कमल, ४ बैशाख : झापाको कमल गाउँपालिका–५ पाडाजँङ्गीस्थित गुहेश्वरी आधारभुत बिद्यालयमा छैटौँ स्व. मेजर टङ्क राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिता २०८१ हुँदै स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगिता आयोजना गरिएको छ । दमक–लखनपुर भेट्रान फुटबल क्लवले आयोजना गर्ने छैटौँ स्व. मेजर टङ्क राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिता २०८१ हुँदै स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगिता यहि बैशाख ७ गतेदेखि शुरु हुने भएको छ ।
सोमबार दमकस्थित थकाली किचेनमा आयोजित पत्रकार भेटघाटमा प्रतियोगिताको आयोजक दमक लखनपुर भेट्रान फुटबल क्लवले प्रतियोगिता बारे जानकारी दिएको हो ।
क्लबका अध्यक्ष समेत रहनुभएका दमक थकाली किचत एण्ड वारका सञ्चालक दिवस राईले बैशाख ७ गतेदेखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने बताए । सो प्रतियोगितामा पूर्वका चर्चित १८ वटा टिमको सहभागिता रहने अध्यक्ष राईले जनाए ।
क्लवका अध्यक्ष दिवस राईले प्रतियोगितामा विजेता हुने टिमले एक लाख ११ हजार एक सय एघारसहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता हुनेले नगद ५५ हजार ५ सय ५५ पाउने बताए । यसैगरि, प्रतियोगितामा विभिन्न विद्यागत पुरस्कारहरु समेत वितरण गरिने जनाएको छ । पुरस्कार मध्ये पहिलो पुरस्कार स्व. टंक राईका परिवारजनले र दोश्रो पुरस्कार दमक–लखनपुर भेट्रान फुटबल क्लबका क्याप्टेन अजेन तुम्बापोले आफना मातापितााको नाममा प्रायोजन गर्ने जनाएको छ ।
क्लवका आध्यक्ष दिवश राईले दिएको जानकारीअनुसार प्रतियोगिताको लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । बिगत ३ वर्षयता कारोनालागयत विविध कारणले स्थगित प्रतियोगितालाई पुनः सुचारु गरिएको अध्यक्ष राईको भनाइ थियो ।
पत्रकार सम्मेलनमा क्लवका सहसचिव तथा खेलाडी सुबास आङथुपोले सहजिकरण गरेका थिए ।
त्यस्तैं, पत्रकार सम्मेलनमा टिम म्यानेजर विजु श्रेष्ठ, टिम व्यवस्थापक शुसील श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको उद्घाटन खेल काकडभिटटा भेट्रान र झिलझिले भेट्रान क्लववीच प्रतिष्पर्धा हुने छ भने दोश्रो दिनदेखि दैनिक दुईवटा खेल सञ्चालन हुने क्लवका क्याप्टेन अजेन तुम्बापोले जनाएका छन् ।
प्रतियोगितामा आयोजकसहित धरान, इटहरी, काकाड्भिटटा, रामधुनी, इलाम, विर्तामोड, झिलझिले, राजरानी, चन्द्रगढी, उर्लावारी, दुधे, धाइजन, कन्काई, युनाईटेड, विराट, एभरेष्ट भेट्रान लगायतका क्लवहरुको सहभागिता रहेको छ ।