नेपाल आइडल सीजन ५ को टप १६ मा कोशी प्रदेशकै एक्लो प्रतिस्पर्धी झापाकि ईशा सुवेदी पुग्न सफल

झापा – नेपाल आइडल सीजन ५ को टप १६ मा कोशी प्रदेशकै एक्लो प्रतिस्पर्धी झापा बिर्तामोडकी ईशा सुवेदी पुगेकी छिन ।

एपी वान टेलिभिजन मार्फत प्रशारण भैरहेको गायन रियालिटि सो ‘नेपाल आईडल सीजन ५’ को टप १६ मा प्रवेश गरेकी २१ बर्षिया इशा बिर्तामोडको प्रोभिडेन्स कलेजमा स्नातक तहमा अध्ययनरत छिन् ।सानैदेखि गितसंगीतमा रुचि राख्ने स्वभावकी, मिठो स्वरकी धनि उनी नेपाल आइडलको टप १६ मा पुग्दा झापाली मात्रै नभई पुर्वी नेपाल नै खुशी भएको उनका दाई बिराज सुवेदीले बताएका छन् । गायन रियालिटी शो नेपाल आइडलको पाँचौँ संस्करण एपिवान टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको सात प्रदेशका आठ सहरमा अडिसन दिएका थिए ईशा सुबेदी पहिलो एपिसोडमा बिर्तामोड अडिसन बाट छनोट भएकी थिन |
नेपाली संगीत क्षेत्रका लागि नेपाल आइडल एक कडीको रुपमा स्थापित छ ।अहिले नेपाली संगीत जगदम राज गरिरहेका अश्मिता अधिकारी, रचना रिमाल, निशान भट्टराई, प्रताप दाश लगायतका गायक गायिकाहरु नेपाल आइडलकै उत्पादन हो । कोशी प्रदेशकै एक्लो प्रतिस्पर्धी भएकाले ईशालाई भोट दिएर सहयोग गर्दै जिताउन ईशाका परिवारले आग्रह गरेको उनकी माइजु उषा दंगाल गौतमले बताएको छिन |

प्रतिक्रिया दिनुहोस्