बादरहेर्न कर्माचारि नियुक्ति
पर्बत – बादरले बालीनाली नस्ट गर्न थालेपछि पर्बतको पैयूँ गाउँपालिकाले ५ जना बादर हेरालु कर्मचारी नियुक्ति गरेको छ |
जंगली जनावर बँदेलले पाक्नै लागेको बाली नष्ट गर्न थालेपछि किसानको गुनासो धेरै आएपछि गाउपालिकाको भेलाले कर्मचारी नै राखेर किसानको समस्यालाई सम्बोदन गरेको छ । मकै, धान, कोदो जस्ता बर्खेबाली उम्रिने बेलादेखि नै बँदेलले खाएर नष्ट गर्न थालेपछि भोकमरी हुने भन्दै कृषक चिन्तित छन्। बँदेलबाट बाली जोगाउने चुनौती कुनै निश्चित एक गाउँ किसानलाई मात्र नभएर जिल्लाका अधिकांश किसानलाई यो चुनौती बनेको छ ।
पैयूँ गाउँपालिकाको १३ औँ गाउँ सभाबाट कृषकको बाली संरक्षणको लागि बादर हेरालु कर्मचारी राख्ने निर्णय अनुसार पैयूँ गाउँपालिका वडा नम्बर ५ मा हिजो कृषकहरुको बृहत भेलाबाट ५ जना कर्मचारी छनोट गरिएको गाउपालिका ५ नम्बर वडा अध्यक्ष नारायण भुर्तेलले सामाजिक संजाल पोस्ट गरेको छन ।
सबैको सहयोग बिना बाली संरक्षण गर्न सहज छैन । यो ट्रायल पिरियड हो । सफल हुन सकियो भने आगामी वर्षमा अझै व्यवस्थित रुपमा कार्यक्रम गर्न सकिने छ । भुर्तेलले छनोट हुनुभएका कर्मचारीलाई गाउपालिकाका सबै सर्वसाधारणलाई सहयोग गर्न अनुरोध गरेका छन् ।