खानेपानी संस्था दमकमा काग्रेस,राप्रपा लगायतका गठबन्धन दलको बढी उम्मेद्धार निर्वाचित
दमक,चैत २४ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको हिजो सम्पन्न निर्वाचनवाट नेपाली काग्रेस,राप्रपा लगायतका गठबन्धन दलको बढी उम्मेद्धारले जित हासिल गरेका छन् ।
दमकका वडालाई निर्वाचन क्लस्टर मानेर ६ निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा काग्रेस गठबन्धनको उम्मेद्धवारको जित बढी भएको छ । नेकपा एमाले,माओवादी केन्द्र लगायतका गठबन्धन दलहरुको उम्मेदारले केही पद मात्र जितेका हुन ।
आज विहान ११ वजे सम्पन्न मतगणना अनुसार काग्रेस गठबन्धनको उम्मेद्धवारहरु क्षेत्र न.१(दमक१र २वडा )बाट गजेन्द्र देवान,क्षेत्र न.२(दमक४,५)बाट पार्वता ढकाल,क्षेत्रन.३(दमक ६)वाट कुमार निरौला, क्षेत्रन.४(दमक ७)बाट चन्द्र थापा,क्षेत्र न५(दमक ८)बाट रवि केसी न्यौपाने र क्षेत्र न.६(दमक ९)वाट बिक्रम अधिकारी निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक यज्ञराज निरौलाले जानकारी दिनु भयो । यसै गरी खुल्ला महिला तर्फ दिल कुमारी सुब्बा (दिलु),दुर्गादेवी खनाल काफले र रिता कुमारी बस्नेत(श्रेष्ठ) निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
लेखा समितिको संयोजकमा राधिका ओझा निर्वाचित भएकी हुन् । सदस्यहरुमा गायत्रा लामिछाने र हरि कुमार राई निर्वाचित भएको निर्वाचन समिति संयोजक निरौलाले बताउनु भयो । एमाले गठवन्धनवाट क्षेत्रगत उम्मेद्धवार बनेकी पार्वता ढकाल,खुल्ला महिला तर्फ दुर्गादेवी खनाल काफले,लेखा समिति संयोजक राधिका ओझा र सदस्य गायत्रा लामिछानेले मात्र जित हासिल गरेका छन् । अरु विजयी काग्रेस गठवन्धनका उम्मेद्धवारले जितेका हुन । निर्वाचित कार्यसमितिको बैठकले पदाधिकारी विभाजन गर्ने बुझीएको छ ।
दमक ७ स्थित पृथ्वी माविमा भएको मतदानमा खानेपानी संस्थाका उपभोक्ताहरु ४हजार ३सय ५१जनाले मतदान गरेका थिए । ६९ दशमलव २६प्रतिशत मत खसेको संस्थाको निर्वाचन समिति संयोजक यज्ञराज निरौलाले बताउनु भयो । मतदान गर्न पाउने ६हजार २सय ८२ मतदाता रहेको थिए ।
All reactions:
33