नबीन राईस्मृति भेट्रान फुटबलः झिलझिलेलाई हराउँदै पुर्वेली भेट्रानले उपाधि उचाल्यो

झापा, २४ चैत : झापाको झिलझिलेमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि पुर्वेली भेट्रान क्लब विर्तामोडले उचालेको छ । आयोजक झिलझिले भेट्रान क्लबलाई ४–० गोल अन्तरले हराउँदै हराउँदै पुर्वेलीले उपाधि उचालेको हो ।

उपाधि उचालेसँगै पुर्वेलीले नगद ७१ हजारसहित ट्रफी मेडल र प्रमाण-पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको आयोजक झिलझिले भेट्रा क्लबले नगद ४१ हजारसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

खेलको म्यान अफ दी म्याच र उत्कृष्ट फरवार्ड पुर्वेलीका खेलाडी विशाल राई घोषित घोषित भए । उनले नगद २ हजार प्राप्त गरे । त्यस्तै, उत्कृष्ट गोलकिप्पर पुर्वेलीका किरन बरुवा, उत्कृष्ट डिफेन्डर आयोजकका सन्तोष बस्नेत, उत्कृष्ट मिटफिल्डर र सर्वोकृष्ट खेलाडी आयोजकका अंकुर खड्की, सर्वाधिक गोलकर्ता पुर्वेलीका विकर्ण श्रेष्ठ घोषित भए । उनीहरुले नगद सहित ट्रफी प्राप्त गरे ।

आयोजक झिलझिले भेट्रान क्लबले प्रतियोगिताको समापनमा खेल सम्पन्न गर्न सहयोग गर्ने खेलप्रेमी दाताहरुलाई सम्मान गरेको थियो । प्रतियोगिताको समापन कार्यक्रमा आयोजक झिलझिले भेट्रान क्लबका अध्यक्ष दिलबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्