उर्लाबारी गोल्डकपमा डम्बर नेपालीको बबाल प्रस्तुति
उर्लाबारी : मोरङको उर्लाबारी–६ सिमाना वस्तीमा रहेको उर्लाबारी वल्र्ड एकाडेमीमा ‘फन–ओ–रामा २०८०’ कार्यक्रम सम्पन्न भएको छ ।
एसइई दिएका विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको उक्त कार्यक्रममा गायत डम्बर नेपाली, पूर्वको चर्चित स्मृति ब्याण्डलगायतले प्रस्तुति दिएका थिए । सहभागी विद्यार्थीहरु उनीहरुको गीतमा झुमेका थिए । उच्च शिक्षाका लागि ‘ए–लेभल’ बारे जानकारीसमेत दिएको थियो ।
एडुटेक ग्रुप नेपालले सञ्चालनमा ल्याउन लागेको उक्त एकाडेमीमा प्रि–प्राइमरीदेखि कक्षा ८ साथै बेलायतको क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गतको ए–लेभल यसै बर्षबाट सञ्चालनमा ल्याएको छ ।
‘फन–ओ–रामा २०८०’ नाम दिईएको कार्यक्रममा फुड स्टल, फेस पेन्टिङ, बिभिन्न खेलका स्टल र ए–लेभल बारे काउन्सिलिङ लगायतका कार्यक्रमहरु रहेको थियो । कार्यक्रममा उर्लाबारी नगरपालिकाका पूर्व नगरप्रमुख खड्ग फागो, जीवन बचाउ उपचार केन्द्रका अध्यक्ष पवन थापा, पूर्वअध्यक्ष सागर राई, एकाडेमीका केशब राईलगायतले बोलेका थिए।