नेसपा विवाद : बाबुराम पक्षले यादवकाे जिम्मेबारी खाेस्याे
काठमाडाै- नेपाल समाजवादी पार्टी(नेसपा)ले अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षधर नेताहरूको जिम्मेवारी खोस्ने निर्णय गरेको छ ।
आइतबार केन्द्रीय कार्यालय तीनकुनेमा बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले महिन्द्र पक्षका नेताहरूको जिम्मेवारी खोस्नुको साथ महाधिवेशन गर्ने निर्णय भएको नेता कृष्णप्रसाद शर्माले बताए ।
त्यस्तै एकता समायोजन समितिका संयोजन तथा अध्यक्ष डा. बाबुराम भट्टराईलाई जानकारी नदिई माओवादी केन्द्रसँग एकता गर्ने निर्णय प्रथम दृष्टिमै अमान्य भएकाले खारेज गर्ने निर्णय गरेको छ ।
केही व्यक्तिहरूको माओवादीसँग पार्टी एकता गर्ने सहमति प्रथम दृष्टिमै अमान्य भएकाे उनले बताए । यसलाई खारेज गरेकाे र उनीहरूको कार्य पार्टी विधान, विधि र प्रक्रियाभन्दा बाहिर गएर गरेका सहमतिलाई हाम्रो केन्द्रीय कार्यकारिणी समितिको बैठकले मान्यता नदिएकाे उनले बताए ।