किन्नु छ

  • राजेस बी क्षेत्री

नुन किन्नु छ

भुटुन किन्नु छ

माया किन्नु छ

न्याय किन्नु छ

साथ किन्नु छ

सहयोग किन्नु छ

आशिर्वाद किन्नु छ

अलिकति आश किन्नु छ

बाँच्न लाई ‘सास’ किन्नु छ

यस्तो महंगीको जमाना छ गाँठे

अलिकति सापट पैसा कसले देला मलाई

ब्याज थपेर नै फिर्ता दिन्थे बरु

नाम र थरले हैन हजुर यहाँ आफ्नो मान्छे जो चिन्नु छ!

प्रतिक्रिया दिनुहोस्