दमकमा भाटभटेनीको २७ औँ स्टोर सञ्चालनको अन्तिम तयारीमा

दमक, १९ फागुन : झापाको दमकमा भाटभटेनीको २७ औँ स्टोर सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।

दमक नगरपालिका वडा नं. ९ मा स्थापना गरिएका उक्त स्टोर गतवर्ष २०७९ माघ ४ गते शिलान्यास गरिएको १३ महिनामै स्थापना गर्न सफल भएको छ ।

यो स्टोर १४ कट्ठा क्षेत्रफलमा करिब १ लाख १६ हजार स्क्वायरफिट सपिङ्ग स्पेस सहित सन्चलनमा आउन लागेको हो । १ अर्ब ५० करोड बढी लगानीमा सन्चलनमा आउने यो स्टोर झापा जिल्लामा दोस्रो हो भने कोशी प्रदेशको पाँचौ स्टोर हो । यस अघि झापाको विर्तामोडसहित कोशी प्रदेशका धरान, बिराटनगर तथा इटहरीमा स्टोर सन्चालनमा आइसकेको छ ।

यही फागुन २३ गतेबाट औपचारिक रुपमा संचालनमा आउने यस सुपर स्टोरको लागि सम्पूर्ण तयारि पूरा भएको भाटभटेनीले जनाएको छ । उदघाटनका अवसरमा आम ग्राहकहरुलाइ प्रत्येक सामानको खरिदमा १० देखि २० प्रतिशतसम्म छुटको ब्यवस्था पनि रहेको छ ।

यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि स्केट पार्क लगायतका सुबिधाहरु रहने भाटभटेनीले जनाएको छ ।

यो स्टोरमा यस क्षेत्रका करिब ३०० स्थानीयले रोजगार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्