प्रेस सेन्टरको प्रवास समितिको अध्यक्षमा नेपाली चयन

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल प्रवास समितिको अध्यक्षमा हरि नेपाली चयन भएका छन् ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यमा प्रेस सेन्टर नेपाल प्रवास समितिको २४ फेब्रअरी २०२४ मा भर्चुअल माध्यमबाट सम्पन्न भेलाको सभापतित्व प्रवास प्रदेश समितिका इन्चार्ज आरबी खड्काले गरेका थिए ।

नेपाली जनप्रगतिशील मन्च जापानका अध्यक्ष मोहन पौडेल, नेपाली जनप्रगतिशील मन्च जापानका निवर्तमान अध्यक्ष भवानी, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सुनिल खड्का, प्रेस सेन्टर नेपालका केन्द्रिय महासचिव सन्तोष पौडेलको बिशेष आतिथ्यता रहेको थियो ।

भेलाले हरि नेपालीको अध्यक्षतामा ९ सदस्सीय पदाधिकारी सहित ५९ सदस्सीय कार्यसमितिको चयन गरेको छ ।

जसमा बरिष्ठ उपाध्यक्ष केजिन राई युरोप, उपाध्यक्ष तिलक मल्ल जापान, उपाध्यक्ष मनु श्रेष्ठ भारत, महासचिव दिपक जिसी भारत, सचिव दिल निशानी मगर ओशियाना, सचिव मेघराज सापकोटा पश्चिम एसिया, सचिव शान्ति बुढा भारत र कोषाध्यक्ष महेश कुमार खाती अमेरिकाज् रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा अर्जुन दयाल, रमेश खड्का, नारायण बिष्ट, दिपक पुन मगर, नारायण विक, अटल परियार, ललिता मलाति, बेल बहादुर पुन, चन्द्र मोहरा, गणेश बुढा, कमल राउत, महेन्द्र खाडु, उषा बुचा मगर , दीपक विक, प्रयाग राज भट्ट, लक्ष्मण खनाल, सन्तोष क्षेत्री, पुर्ण बिक, चन्द्र गोतामे, युवराज कार्की, निमेष गिरी, प्रेम परियार , छेसाङ लोप्चन असिम, युबराज फुयाल, रबिचन्द्र भट्टराई, सरिता शर्मा, बिमला लिम्बु, इन्दिरा चाम्लिंग, कृष्ण तिवारी, बिनोद अधिकारी, कर्मा पहाडी शेर्पा, मनिष तमु , सन्दिप सुनार, विनोद ढकाल, जिपी लामिछाने, अर्जुन लामिछाने, दुर्गा गुरुङ मिलन, कृष्ण प्रसाद नेपाल, तारा मिलन छन्त्याल, बाबुराम सापकोटा र प्रतिक सिग्देल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्