डिपिएल कमलको अध्यक्षमा पाठक निर्वाचित

कमल, २८ माघ । झापाको दमकमा प्रधान कार्यालय रहेको डाईनामिक पब्लिक लाईब्रेरी (डिपिएल)को शाखा कमलको अध्यक्षमा सञ्जिव पाठक निर्वाचित हुनु भएको छ ।

कमल गाउँपालिका-५ स्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था पाडाजुङ्गीको सभाहलमा शनिबार सम्पन्न कार्यक्रममा नयाँ कार्यकालको नेतृत्वका लागि अध्यक्षमा पाठक आउनु भएको हो ।

यस्तै बरिष्ठ उपाध्यक्षमा शिसम नेपाल, उपाध्यक्षहरुमा क्रमश शम्भु निरौला र मैयाँ चौहान निर्वाचित हुनु भएको छ । त्यसैगरी महासचिवमा ऐश्वर्या चौहान र कोषाध्यक्षमा केदार चापागाँई निर्वाचित हुनु भएको छ ।

त्यस्तै निर्देशकहरुमा बिनिता आचार्य, वर्षा निरौला, चेतन बराल र सन्तोष गौतम निर्वाचित हुनु भएको छ ।

कार्यसमितिको सदस्यहरुमा सोनिका बुढाथोकी, कृस्चला खड्का, सनिम नेपाल, शुशीला पोखरेल, कृति रिमाल र संगीत पोखरेल निर्वाचित हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्