गजल
दीपा तिम्सना पौडेल
सानछ नेपाली हुँ , कतै नझुक्ने मेरो शिर छ
आस्थाको धरोहर गिर्जाघर,गुम्बा र मन्दिर छ
बाध्यताले परदेशिएँ पर्कन्छु ,एकदिन पक्का
आफू मेटिएमात्र ,मेटिएला जुन तस्बिर छ
मिहेनतीको हार कदापि हुन्न सुन्दै आएकोछु
परिश्रम दिनरात गर्छु र त बलियो लकिर छ
महत्व फरक हुनसक्छ समय अनुसार यहाँ
कसैलाई अमृत बोली कतै लागेको तिर छ
हेरी बस्छु कति सम्म चोट दिन्छस् समय मलाई
आफै हारेर भन्नेछस् सकिन्न यो सहन माहिर छ