बोनम्यारोबाट पीडित सरस्वतीको उपचारमा रु १ लाख ५१ हजार सहयोग जुट्यो

दमक – बोनम्यारो रोगबाट पीडित सरस्वती बोखिम राईको उपचारमा दमकसहित कमलका युवाहरुले रु १ लाख ५१ हजार बढी सहयोग जुटाएका छन् । दमक बहुमुखी क्याम्पसमा कक्षा–१२ मा अध्ययनरत सरस्वती बोखिम राई पछिल्लो समय बोनम्यारो रोगबाट पीडित छन् । पाँचथरको तुम्बेवा–४ की १९ वर्षिया सरस्वती बोखिम राई दमकस्थित दमक बहुमुखी क्याम्पसमा अध्ययनरत थिइन् ।

उपचारमा आर्थिक अभाव भएपछि दमकसहित कमलका युवाहरुले सरस्वतीको उपचारम आर्थिक सहयोग सङ्कलन गरेका थिए । सो क्रममा रु १ लाख ५१ हजार बढी सहयोग रकम जुटेको अभियानका संयोजक साहित्यकार तथा लेखक जीतेन साङपाङ राईले जानकारी गराए । दमकस्थित थ्रि–ईन होटलमा पत्रकार सम्मेलनको कार्यक्रम आयोजना गरेर सङ्कलित सहयोग रकम बोनम्यारो पीडित सरस्वतीलाई हस्तान्त्रण गरिएको थियो ।

अभियानका संयोजक जीतेन साङपाङ राईका अनुसार अभियानमा पीडित सरस्वतीको बोनम्यारो प्रत्यारोपणका लागि ठूलो धनराशी जुटाउनुपर्ने भएपछि हामी युवाहरुको संयुक्त पहलमा सहयोग संङ्कलन अभियान सञ्चालन गरिएको हो ।

सहयोग जुटाउने क्रममा दमकस्थित मोडल क्याम्पस साहित्यीक मञ्चबाट रु १२ हजार, कमलको फोनिक्स स्कूलका सा–साना बिद्यार्थीहरुबाट रु६ हजार ३ सय २५, काकड्भिटटा बहुमुखी क्याम्पसका स्ववियू सभापति विशाल तामाङको अगुवाईमा सुदय अंग्रेजी स्कूल, तारापुञ्ज अंग्रजी स्कूल, अरुणोदय अंग्रेजी स्कूल लगायतका विद्यार्थीहरुबाट रु ३० हजार, दक्षिण कोरियामा बस्दैआएका क्याप्टेन लिम्बूको पहलमा ७६ हजार र दमकका युवाहरुबाट संकलित रु २७ हजार १ सय ७५ रुपैया एकमुष्ठ प्रदान गरिएको हो ।

अभियानमा जितेनसंगै दमकका मनकारी युवाहरु सुनिल हतासो राई, ललित मगर, दोर्ण दाहाल, नवराज ढकाल, आशिष लेछार्वी, सायन साम्पाङ, शमिर स्याङदेन, अनिल सम्बाहाम्फे, रोनाहाङ राई, अभिषेक थुलुङलगायतका टोली सहयोग जुटाउन क्रियाशील रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्