रिडी पावरको ५० प्रतिशत हकप्रदका लागि बुक क्लोज मिति तय

काठमाडौ, १५ माघ । रिडी पावरको ५० प्रतिशत हकप्रदका लागि बुक क्लोज मिति तय गरेको छ । रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न माघ २२ गते बुक क्लोज गर्ने भएको छ ।

जसअनुसार माघ २१ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र हकप्रद सेयर भर्न पाउनेछन् ।

यस कम्पनीलाई १ः०.५० अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । जसअनुसार यसले प्रतिकित्ता १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीको  लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्